२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रियसभाको १९औँ अधिवेशन : ' शोक प्रस्ताव पारित '

अर्को बैठक माघ ९ गते शुक्रबार बस्ने

आइतवार , माघ ४, २०८२

काठमाडौँ, माघ । राष्ट्रिय सभाको १९औँ अधिवेशनको पहिलो बैठकले हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

आइतबार बसेको बैठकले स्वर्गीय बोहराको सम्मानमा मौन धारण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए।

मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आइतबार बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका थिए। यसअघि राष्ट्रिय सभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर टुङ्गिएको छ। राष्ट्रियसभाको अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी तय भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार