२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

परिस्थिति अनुसार कांग्रेस चलाऔंभन्दा कारबाही : शर्मा

बुधवार , पौष ३०, २०८२

 

काठमाडौँ, पुस । कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले जिन्दगीमा पहिलो पटक कारबाहीमा परेको टिप्पणी गरेका छन् ।

सानेपामा बसेको काग्रेस शेरबहादुर देउवा पक्षले विशेष महाधिवशेन गरेर पार्टीको हित विपरीत काम गरेको भन्दै अनुशासनको कारबाही गरिएको जनाइएको छ ।

उनलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी काराबहीको निर्णय गरेको थियो । उक्त निर्णयमा प्रतिक्रिया दिँदै उनले बदलिएको समय अनुसार कांग्रेस चलाउन खोजेको तर कारबाहीमा परेको दाबी गरे ।

बदलिएको समय अनुसार कांग्रेस चलाऔं भन्दा कारबाहीमा पर्नुपर्ने स्थिति आएको उनले उल्लेख गरेका छन् । भृकुटीमण्डपको विशेष महाधिवेशन हलमा बोल्दै उनले कारबाही गरेर आफूलाई पुरस्कृत गरिएको बताएका छन् ।

उनले आफूले बिहानै महामन्त्री छाडिसकको समेत बताएका छन् । छाडिसकेको पदमा के- को कारबाही ? उनले भने, 'म बिहानैदेखि महामन्त्रीको पदमा छँदै छैन भने के-को कारबाही ।

कांग्रेसको विधान अनुसार २०१७ सालमा विशेष महाधिवेशन गरेर बीपी कोइरालाले नेतृत्व लिएको र अहिले पनि यस्तै परिवर्तन ल्याउन खोजेर भएको विशेष महाधिवेशन गरिएको दाबी उनले गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार