२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस विशेष महाधिवेशन : ' नयाँ नेतृत्वका लागि आजै मतदान '

मंगलवार , पौष २९, २०८२

कांग्रेस विशेष महाधिवेशन : ' नयाँ नेतृत्वका लागि आजै मतदान '

काठमाडौं, पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

जस अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार दिउँसो १२: ३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ :३० देखि १ : ३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ।

यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ। कार्यतालिका अनुसार ४ः ३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमा अनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ।

यस्तै ४ः३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५ : ३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५ः३० देखि ७ः ३० सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुनेछ।

मतदान समाप्त भएपछि मतगणना सुरू हुने निर्वाचित समितिले जनाएको छ। तर,विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार