२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस विशेष महाधिवेशन

महामन्त्रीद्वयले भने : ' प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाउने '

कांग्रेसको विधान र संविधान संशोधनका लागि पहल गर्ने

सोमवार , पौष २८, २०८२

 

काठमाडौँ, पुस । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाउने व्यवस्था लागू गर्ने बताएका छन् ।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा छुट्टाछुट्टै प्रतिवेदन पेस गर्दै उनीहरुले उक्त व्यवस्था लागू गर्न कांग्रेसको विधान र संविधानसमेत संशोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्ता र विशेषगरी युवा पुस्ताको भावनाअनुसार देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) को दुई कार्यकाल मात्रै हुने प्रस्ताव यो विशेष महाधिवेशन पारित गर्दछ, थापाले पेस गरेको समसामयिक–राजनीतिक प्रतिवेदनमा भनिएको छ, ' यो प्रावधान लागू गर्न कांग्रेसको विधान संशोधन गरिनेछ ।'

कांग्रेसको तर्फबाट अब कोही पनि व्यक्ति तेस्रो पटक प्रधानमन्त्री हुनेछैन । यो प्रावधान लागू गर्न संविधान संशोधनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए ।

त्यस्तै, महामन्त्री शर्माले पेस गरेको प्रतिवेदनमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागू गरिने उल्लेखछ । चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने, डेढ दशकयता हामीले निरन्तर यो अभ्यास गर्दै आयौं । यसले एकातर्फ नागरिकमा असन्तुष्टि बढायो ।

नेतृत्वलाई अलोकप्रिय बनायो ।अर्कातर्फ सार्थक परिणाम पनि दिएन सकेन, उनको प्रतिवेदनमा भनिएको छ, विगतको गल्ती सच्याउँदै यो विशेष महाविधेशन उद्घोष गर्दछ - कांग्रेसको तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्नेछैन । दुई पटक मात्रै प्रधानमन्त्रीको यो नीतिलाई संविधानमा लिपिबद्ध गर्न कांग्रेसले अग्रसरता लिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार