२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

अध्यक्ष दाहाल प्रतिनिधिसभाको चुनाव - ' रुकुम पूर्वबाट लड्ने '

शनिवार , पौष २६, २०८२

 

काठमाडौँ, पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रममा दाहालले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे । ' हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ ।

पूर्वी रुकुममा आउने निश्चित भएको छ,' उनले भने । कार्यक्रममा दाहाल र पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी छन् ।

प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने पनि दाहालले घोषणा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार