२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रियसभा निर्बाचन

पाँच दलबीच भागबन्डा   :  '  कांग्रेस -  एमालेलाइ  ७ -  ७ सीट '

मंगलवार , पौष २२, २०८२

 


काठमाडौँ, पुस । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ ।  कांग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट भागबन्डा गर्ने सहमति बनेको हो । 

लोसपा र जसपा नेपालबीच भने केही दिन अघि एकीकरण गर्ने घोषणा गरिसकेका छन् ।  सिट संख्या भागबन्डा मिले पनि कुन प्रदेशमा कसले कुन क्लष्टरको सिट लिने भन्नेबारेमा अझै टुंगो नलागेको कांग्रेसका एक नेताले बताए । 

कांग्रेस र एमालेले ७र७ सीट लिने भएका छन् । 

कांग्रेस नेता एनपी सावदका अनुसार कांग्रेसले प्रत्येक प्रदेशबाट १, १ सिट लिने मोटोमोटी समझदारी भएको बताए ।  त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीले ३ सीट पाउने भएको छ ।

पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । 

कांग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

राष्ट्रियसभामा फागुन २० गतेबाट १९ सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि बुधबार मनोनयन हुँदैछ भने माघ ११ गते निर्वाचन हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुँदैछन् । उनको ठाउँमा सरकारले सिफारिस गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार