काठमाडौं, वैशाख । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टी एकताको जानकारी गराएका छन् ।
सभामुखको सचिवालय सिंहदरबार पुगेर जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतले पार्टी एकता भएको र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिएका हुन्
बुधबार राति तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी एकतापछि जनता समाजवादी पार्टी बनेको हो । बिहीबार बिहान निर्वाचन आयोग पुगेर जसपाका शीर्ष नेताहरुले पार्टी दर्ताको निवेदन दिएका छन् ।
निर्वाचन आयोगले नयाँ दल दर्ता भएको जानकारी गराएपछि संसद सचिवालयले उनीहरुका लागि बस्ने ठाउँ लगायतको व्यवस्था गर्नेछ । अहिले पनि सिंहदरबारमा समाजवादी र राजपाका लागि संसदीय दलका कार्यालयहरु छन् । अब दुवैको एकै ठाउँमा व्यवस्था हुनेछ ।