काठमाडौं, बैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । १७ गते दिउँसो १ बजे बैठक बोलाइएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भव, सानेपामा बस्ने बैठकमा हालै सरकारले ल्याएका दुई अध्यादेशको विषयमा छलफल हुने बुझिएको छ ।
संकटको बेलामा सरकारले औचित्यहीन दुई अध्यादेश ल्याएकोले त्सविरुद्ध प्रतिरोध आन्दोलन गर्नु पर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको माग छ ।