२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसदको बजेट अधिवेशन

संसद अधिवेशन बोलाउन दबाब : "दुरी कायम हुने गरी सभा कक्ष बन्दै"

अधिवेशन आह्वानको निर्णय गर्ने अधिकार सरकारलाई

बुधवार , बैशाख १०, २०७७

 

काठमाडौं,  बैशाख । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसदको बजेट अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् ।

अधिवेशन आह्वानको निर्णय गर्ने अधिकार सरकारलाई छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

अघिल्लो वर्षको वर्षे अधिवेशन बैशाख ८ गते आह्वान भएर १६ गतेदेखि सुरु भएको थियो । यस वर्ष कोरोना भाइरसको संक्रमण रोकथामका लागि वैशाख १५ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरिसकेको छ ।

राष्ट्रिय सभा अध्यक्ष सचिवालयले पर्याप्त समय भएकाले पहिलाकै स्थानमा सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार गर्न लागेको जानकारी दिएको छ

१५ गतेपछि लकडाउन खुले पनि, नखुले पनि सामाजिक दुरी कायम गरेर बैठक बस्न सकिने भन्दै सभामुख र राष्ट्रियसभा अध्यक्षबाट वर्षे अधिवेशन बोलाउनुपर्ने आग्रह आएको एक मन्त्रीले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट पेश गर्नुपर्ने  हुन्छ ।

बजेटभन्दा अगाडि राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ । संसदमा नीति तथा कार्यक्रम र पूर्वबजेटमाथिको छलफल गर्नुपर्ने हुन्छ । कोरोनाको त्रासका कारण हिउँदे अधिवेशनको एक महिनाभन्दा बढी समय खेर गएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष सचिवालयले पर्याप्त समय भएकाले पहिलाकै स्थानमा सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार गर्न लागेको जानकारी दिएको छ ।

सभामुख र राष्ट्रियसभा अध्यक्षबाट बजेट अधिवेशन आह्वान हुन सक्ने भन्दै बैठक बस्नका लागि पूर्ण तयारीमा रहन निर्देशन प्राप्त भएको र सोअनुसार कार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

सोमबार राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले नयाँ बानेश्वरस्थित संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निरीक्षण गरे । संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार गर्न अध्यक्ष तिमल्सिनाबाट निर्देशन प्राप्त भएको जानकारी दिए ।

निरीक्षणका क्रममा अध्यक्ष तिमिल्सिनाले हलमा सामाजिक दुरी कामय गर्न तीन कुर्सीको बीचको कुर्सी खाली राखेर सांसदहरुलाई बस्ने गरी व्यवस्थापन मिलाउन सकिने सुझाव दिएका छन् ।

‘सामाजिक दुरी कायम गरेर बैठक राख्न सकिन्छ कि सकिँदैन ? भनेर पनि विश्लेषण गर्यौं र त्यसरी बैठक राख्न सकिनेमा पुगेका छौं,’ सूचना अधिकारी धमलाले अनलाइनखबरसँग भने ।

संसद सचिवालयका अनुसार बैठक बस्नका लागि प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था हुनुपर्ने सुझाव समेत आएको छ । यसबारे सूचना अधिकारी धमला भन्छन्, ‘स्रोत साधनको उपलब्धताअनुसार सबै प्रकारका सावधानी अपनाएर संसद बैठक चलाउन तयार छौं ।’

यसअघि संविधानसभा हुँदा ६०१ सांसद बस्ने गरेको हलमा प्रतिनिधि सभाको बैठक सञ्चालन हुँदै आएको छ । तर, संघीय संसद भएपछि कुर्सीको संख्या घटाएर ३९६ मा झारिएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार