२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संविधान र विधि विधान मिचेकाे अाराेप

सरकारका दुइ अध्यादेश : " कांग्रेसले बोलायो सर्वदलीय बैठक"

संविधान र विधिविधान मिच्ने काम गरेकाले साझा धारणा बनाइने

मंगलवार , बैशाख ९, २०७७

काठमाडौं, वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संविधानको मुल मर्म विपरीत राजनीतिक दल विभाजन र संवैधानिक परिषद अध्यादेश ल्याएपछि त्यस विषयमा छलफल गर्न सर्वदलीय बैठक डोकेको छ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा डाकिएको बैठकमा सत्तारुढ नेपकपा बाहेका सबै दललाई बोलाइएको छ। सरकारले एकपछि अर्को गरी संविधान र विधिविधान मिच्ने काम गरेकाले त्यसमा साँझा धारणा बनाउन सर्वदलीय बैठक डाकिएको कांग्रेसले जनाएको छ।

‘दिउँसो २ बजे नेकपा बाहेकका दललाई बैठकमा बोलाइएको छ,’ सभापति शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार