२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने

राजनीतिक दलसम्बन्धी अध्यादेश : "बेमौसमी बाजा"

यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ

सोमवार , बैशाख ८, २०७७

 

काठमाडौं, वैशाख। नेपाली कांग्रेसले सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउनु बेमौसमी बाजा भएको प्रारम्भिक टिप्पणी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले संसारकै ध्यान कोरोना महामारीमाथि विजय हासिल गर्नु रहेको भन्दै यो बेलामा अरु विषयमा ध्यान लगाउन नहुने उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘बेमौसमी बाजा नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल !’
Bishwa Prakash शर्मा@bishwaprakash77

`बेमौसमी बाजा´ नबजाऔं !

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोना माथी विजय हासिल गर्ने हो l नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ l हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ l

जय नेपाल !

 
 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता विना नै बैठक बस्न सक्ने र निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय पनि गरेको छ ।

आकस्मिक रूपमा राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याइएपछि राजनीति तरंगित बनेको छ ।

 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार