२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस सहमहामन्त्री डा. महतको आपत्ति : "प्रधानमन्त्री जनताले भोगेका कष्टप्रति असंवेदनशिल र बेखबर"

‘हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिँडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो’

सोमवार , बैशाख ८, २०७७

काठमाडौं, बैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएका छन् । उनले आइतबार प्रधानमन्त्रीद्वारा सरकारी संचारमाध्यममार्फत सार्वजनिक अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्टप्रति कति असंवेदनशिल र बेखबर छन् भन्ने प्रष्ट गरेको समेत उल्लेख गरेका छन् । 

उनले ‘हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिँडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो’ भनेका छन् ।  

सहमहामन्त्री महतले ‘जनताले भोगेका समस्यालाई संचार माध्यमले सरकारको ध्यानाकर्षण गराउँदा समस्या समाधानतर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नु आपत्तिजनक छ’ भनेका छन् । 

महतले ‘यसले सरकारको सुचना प्रविधिमाथिको अविश्वास र प्रेस स्वतन्त्रता माथिको नियन्त्रण नै देखिन्छ’ भनी आरोप लगाएका छन् । 

नेता डा महतले ‘स्वास्थ सामग्रीको खरिदका बिषयमा समेत प्रधानमन्त्रीले दोषीको छानबिन गरी कार्वाहीको प्रक्रिया आगाडि बढाउने प्रतिबद्धता जनाउनुको विपरीत बचाउमा देखिनु आपत्तिजनक’ भएको समेत बताएका छन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार