२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उच्चस्तरीय समितिको बैठक दिउँसो २ बजे बस्दै

शुक्रवार , बैशाख ५, २०७७

काठमाडौं, वैशाख । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिकाे बैठक आज दिउँसाे बस्दैछ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेकाे हाे।

बैठकमा समितिमा रहेका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयका विषयमा रिपाेर्ट पेश गर्ने भएका छन्। तेस्रो चरणको लकडाउनको समीक्षा र काठमाडौंलगायत विभिन्न सहरबाट घर फर्किर्दै गरेका मजदुरका विषयमा समेत केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए।

समितिको बैठक आवश्यकताका आधारमा नियमित बस्दै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार