२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकारलाई कांग्रेसको आग्रह

कोरोना भाइरस परीक्षण : "घुम्ती परीक्षण शिविर चलाऊ"

घुम्ती स्वास्थ्य शिविरको शैलीमा समुदायमा परीक्षण पु¥याउँ

बुधवार , बैशाख ३, २०७७

काठमाडौं, बैशाख । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर चलाउन सरकारसँग माग गरेको छ । लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश गरेको र उनीहरुमध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको कांग्रेसले  बताएकाे छ ।

कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘बाहिरबाट आएर गाउँमा छरिएका कोही कसैमा लक्षण नदेखिने एसिम्टोम्याटिक रहेछ भने त्यसले भयावह स्थिति निर्माण हुनसक्छ ।’

यसका लागि घुम्ती स्वास्थ शिविरको शैलीमा समुदायमा परीक्षण पु¥याउनुपर्ने कांग्रेसले बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तीनै तहको सरकारलाई अपील गर्दछ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार