काठमाडौं, चैत । कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन् ।
शुनिबार सात प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फरेन्सका क्रममा बाेल्दै प्रधानमन्त्री ओलीले भने, सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको छ । दुष्प्रचार गर्नेबाट प्रभावित हुन नहुने भन्दै उनले थपे, ‘१५ दिन घरमा बस्दै बीच बीचमा निर्देशन दिए जस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’
विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।
कुराकानीका क्रममा उनले भने, लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनुपर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दा देख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए । सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।
भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआˆनो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकमीर्लाइ बताए ।