काठमाडौं, चैत्र । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिसमा १० जना एसएसपी परेका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो ।
एसएसपी धनश्याम अर्याल पहिलो नम्बरमा परेका छन् भने प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । एसएसपी, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तम सुवेदी र अरुणकुमार बिसी बढुवा सिफारिसमा परेका छन् ।
दरबन्दी खाली रहेको दुई महिनापछि डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेको थियो ।