काठमाडौं, चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत् बेलायती प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोनाविरुद्धको लडाइँमा प्रधानमन्त्री जोनसन बेलायतको नेतृत्व गर्न सक्षम हुने विश्वास गरेका छन्।
कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई चार दिनअघि स्वास्थ्य बिग्रिएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो ।
कोभिड-१९ देखिएपछि उनी स्व-एकान्तवासमा बस्दै आएका थिए।
जोनसन लण्डनस्थित सेन्ट टोमस अस्पतालमा उपचाररत् छन्।