२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

खोसियो अवैतनिक महावाणिज्यदूतको सुविधा, निलो नम्बर प्लेट र झण्डा प्रयोगमा प्रतिबन्ध

बुधवार , चैत्र २६, २०७६

काठमाडौं, चैत । सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई प्रदान गर्दै आएको केही सेवा सुविधा खोसेको छ।

कार्यालय प्रयोजनका लागि प्रदान गरिएको निलो नम्बर प्लेट र झण्डाको सुविधा केही अवैतनिक महावाणिज्यदूतले दूरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले ती सेवामा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।

कालोबजारीमा संलग्न भएको अभियोगमा कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल मंगलबार पक्राउ परेका थिए ।

त्यसपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर तत्काल लागु हुने गरी निलो नम्बर प्लेट तथा झण्डाको विशेष सुविधा अनिश्चितकालका लागि रद्द गरिएको जनाएको हो ।

अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ जारी गरी मंगलबार नक्सालबाट उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार