२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक

नेकपा बैठक : "कोरोना रोकथाममा सरकारको कदमबारे प्रमकाे ‘बिफ्रिङ’"

सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल

मंगलवार , चैत्र २५, २०७६

काठमाडौं, चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराउनुभएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ‘ब्रिफिङ’ गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा नेताहरूबीच शारीरिक दुरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।

बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल र निर्णय भएको जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेताहरु सहभागी थिए ।  

मङ्गलबार बिहान ११ बजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्दै भाइरसकाे सङ्क्रमण फैलिन नदिन सबै एकजुट हुनुपर्नेमा जाेड दिनुभएकाे थियाे । 

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरसबाट नेपालमा ९ जनामा सङ्क्रमण भएकाे पुष्टि भएकाे छ, जसमध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार