काठमाडौं, चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नो निवास बूढानीकण्ठमा मंगलबार विहान १० बजेका लागि बैठक बोलाइएको एक जना पदाधिकारीले जानकारी दिए ।
कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु काठमाडौंमा नै छन् । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का र प्रवक्त विश्वप्रकाश शर्माको सहभागिता रहने छ ।
कोषाध्यक्ष सीतादेवी यादव उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी नसक्ने जनाइएको छ । बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार थप बल कसरी पुर्याउन सकिन्छ, संगठित रुपमा कसरी आवाज उठाउन सकिन्छ, देशभरका पार्टीका नेता कार्यकचर्ता र स्वास्थ्यकर्मीहरुको मनोबल थप कसरी बढाउन सकिन्छ भन्ने लगायतका विषयमा छलफल हुनेछ ।
नेताहरुले पदाधिकारी बैठक नबस्दा सरकारलाई आधिकारिक रुपमा सुझाव र दबाब दिन नसकिएको गुनासो गरेपछि देउवाले सभापति देउवाले बैठक बोलाएका हुन् । पछिले समय उनी कोरोना रोकथाममा लागि निकै सक्रिय देखिएका छन् ।