२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री केपी शर्मा ओली

कोरोना रोकथामका लागि सरकारले के गर्दैछ ?: " प्रधानमन्त्रीको सम्बोधन आज"

सम्बोधन : 'आज विहान ११ बजे'

सोमवार , चैत्र २४, २०७६

काठमाडौं, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनुहुनेछ ।

सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गर्नुभएको थियो । यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउन (बन्दाबन्दी) वैशाख ३ गतेसम्म लम्ब्याएको छ।

कोरोनाका कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर र्पुयाएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार