२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिस्ट पार्टी बैठक

नेकपा सचिवालय बैठक बस्दै आज : "यस्ता छन् बैठकका कार्यसूची"

अपराह्न ४ बजे : उपचार, स्वास्थ्य सामग्री खरिद विवादलगायतमा छलफल हुने

सोमवार , चैत्र २४, २०७६

काठमाडौं, चैत । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले म‌ंगलबार अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिपछि यतिबेला नेकपाभित्र असन्तुष्टि छ ।

कोरोना उपचार तथा रोकथाममा कमी कमजोरी भएका समाचार प्रकाशमा आएपछि नेकपा नेताहरुले सचिवालय बैठक आह्वानका लागि आग्रह गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो । तर, बैठक बोलाइएको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार