२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

कोभिड–१९ : "कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने "

तीन जिल्लामा परीक्षण बढाउने

शनिवार , चैत्र २२, २०७६

काठमाडौं, चैत । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद बैठकले  एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो ।

लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा. खतिवडाले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० चैतदेखि देशभर लकडाउन गरेको छ । सुरुमा चैत १८ गतेसम्म गरिएको लकडाउनको अवधि थप गर्दै हाल २५ चैतसम्म पुर्याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार