२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

असाहय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन मेयर शाक्यको आग्रह

बिहिवार , चैत्र २०, २०७६

काठमाडौँ, चैत  ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले सबैलाई पूरा गर्न आग्रह गरेका छन् । काठमाडौँ महानगरबासीमा अपिल जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमण विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याइ दिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एक पटक हार्दिक अपिल गर्दछु’ मेयर शाक्यले भनेका छन्, ‘माहामारीका रूपमा विश्वभरि फैलिँदै गइरहेको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेका छन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किदिनु हुन अनुरोध छ ।’

उनले अमेरिका लगायत युरोपका केही ठूला र विकसित देशहरूमा अहिले महामारीका रूपमा संक्रमण फैलिनुको एक मात्र कारण सरकारद्वारा घोषित ‘लकडाउन’ कोब बेवास्ता गर्नुले नै हो भन्ने कुरालाई हेक्का राख्दै आम नेपाली अझ बढी सचेत र सतर्क हुनु आवश्यक रहेको पनि उल्लेख गरे ।

‘नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ,’ अपिलमा भनिएको छ, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस ९कोभिड – १९० सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ ।’

उनले अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण सुरु गरेको पनि जानकारी दिएका छन् । महानगरभित्र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई पनि राहत वितरणका लागि ३२ वटै वडाका जनप्रतिनिधि खटिरहेको पनि जनाइएको छ ।

‘काठमाडौँ महानगरपालिकाले संकटमा परेका असाहय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई मात्रै राहत उपलब्ध गराउने भएकाले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनु हुन पनि हार्दिक अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार