काठमाडौँ ,साउन । ।आज बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।