काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिका साथ काम गर्ने बताएका छन् ।
राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उनले मौद्रिक नीतिमा समर्थन मिल्नु सकारात्मक भएको बताए ।
'यो समर्थन मिल्नु राम्रो कुरा हो । हामीले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्नेछ ' प्रधानमन्त्री ओलीले भने ।
उनले नवनियुक्तहरुलाई बधाई र शुभकामना दिँदै आफ्नो कार्यकालमा देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्नुपर्ने बताए ।
'मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने छ ।'
उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ । तपाईंहरुले समन्वयात्मक रूपमा काम गर्नुहोलाु प्रधानमन्त्री ओलीले भने ।