२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधामन्त्री अाेली र प्रचण्ड भेट

कोडिभ–१९ : "सङ्क्रमण रोक्ने र विपन्नलाई राहत दिन छलपफल "

नेपालीको उद्धार गर्ने विषयमा पनि छलफल

बुधवार , चैत्र १९, २०७६

काठमाडौँ, चैत  । कोडिभ–१९ को सङ्क्रमण रोक्ने र विपन्नलाई राहत दिने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गरिब, किसान, मजदुर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा संवाद भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा उनीहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिका टिप्पणीका बारेमा पनि कुराकानी भएको थियो ।

यस्तै नेपाल र भारत दुवै देशले 'लकडाउन' गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको उद्धार गर्ने विषयमा पनि छलफल भएको  छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार