२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 सुनको  मूल्य   :  एकैदिन ११ सय रुपैयाँले बढ्यो  

बुधवार , श्रावण ९, २०८१

 

काठमाडौँ, साउन । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।  बुधबार सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ४७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । 

त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार