२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य   :  आज तोलामा दुई हजारले घट्यो 

शुक्रवार , श्रावण ४, २०८१

 

काठमाडौँ,  साउन  ।  स्थानीय बजारमा सुनको मूल्य तोलामा रु। दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु. एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु। एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु. एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ । बिहीबार प्रतितोला रु। एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु। एक हजार आठ सय ३० निर्धारण गरिएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार