२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  आकासियो 

प्रतितोला डेढ लाखको हाराहारीमा  : "  सुन  किन्नेभन्दा बेच्ने बढे "

बिहिवार , श्रावण ३, २०८१

 

काठमाडौँ, साउन । सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । 

यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार ४७१ डलर पुुगेको छ । 

गोरखापत्रमा लक्ष्मी सापकोटा लेख्छिन, अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ । ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । 

वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ । 

नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जुुनसुकै बेला फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउन सक्छ भन्ने अनुमानका आधारमा लगानीकर्ताले सुनमा लगानी बढाएका हुन् ।

 सुनको लगानी सुरक्षित मानिने भएकाले सुनको मूल्य निरन्तरण बढ्दै गएको उहाँले जानकारी दिएका छन ।  

इजरायल युुद्ध, एसियाली बजारमा सुनको माग बढी भएकाले पनि मूल्य बढ्न गएको उनको भनाइ छ । आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सङ्केत देखिएको उनको अनुमान छ ।

व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार सात सय डलर पुुग्ने अनुुमान गरिएको छ । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुुग्न सक्ने शाक्यले बताए ।  

चालुु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुु¥याएकाले पनि सुनको मूल्य तोलामा छ हजार रुपियाँ बढी पर्न गएको छ । 

सुनको मूल्य लगातार बढ्दै गएपछि उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । यसैबिच बजारमा चाँदीको मूल्यसमेत बढेको छ । 

मङ्गलबार प्रतितोला एक हजार ८७५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा २० रुपियाँ बढेर एक हजार ८९५ रुपियाँमा कारोबार भएको छ । 


किन्नेभन्दा बेच्ने बढी

बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन् ।  महासङ्घका महासचिव डम्बरसुुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए । 

उनले भने, “कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको व्रmयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ ।”

 बजारमा सुनको माग नहुुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ । 

वाणिज्य बैङ्कहरूले सुुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ । बजारमा सुनको माग न्यून हुुँदा बैङ्क र व्यवसायीसँग पनि सुनको मौज्दात छ । 

साउन महिना लगनको सिजन नभएको र निरन्तर मूल्य बढिरहेकाले पनि सुनको कारोबार न्यून छ । न्युरोडका अधिकांश सुनचाँदी पसलमा यतिबेला ग्राहकको चहलपहल खासै देखिँदैन । 

उपभोक्ताको व्रmयशक्ति न्यून हुँदा उपभोक्ताले घरखर्च चलाउन पुुराना गहना बेच्न ल्याउने गरेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार