२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेप्से परिसूचक  :  ५४ अङ्कले बढ्यो, उकालो यात्रा कायमै

बुधवार , श्रावण २, २०८१

 

काठमाडौँ, साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ ।  आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार   २६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । 

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । 

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ ।  आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार