काठमाडौं, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार रााति नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् ।
प्रधानमन्त्री शुक्रबार साँझ निवास फर्किने प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।