काठमाडौं, चैत । कोभिड–१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा आग्रह गरेका छन ।
चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका छन, “कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं ।
हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।” उनले बिहीबार गरेकाे ट्वीटमा भनेका छन, “तपाईहरुकै सिफारिसका थप सामग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।”