२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष ‘प्रचण्ड’ले भने

कोरोना भाइरस : "सतर्कता, जनचेतना अभिवृद्धि गर्न सबै लागौँ"

भाइरसको संक्रमण रोक्ने तयारी , आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारसँग आग्रह

आइतवार , चैत्र ९, २०७६

काठमाडौं, चैत । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गर्नुभएको छ ।

उहाँले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार