२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सम्बोधन : अपरान्ह ५ बजे

प्रधानमन्त्री : "देशवासीका नाममा सम्बोधन गर्ने"

 नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुने

शुक्रवार , चैत्र ७, २०७६

काठमाडौं, चैत्त ।  प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

सम्बोधनका क्रममा सरकारी सञ्चार माध्यामबाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । दोश्रो पटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई  प्रवेश नदिइएको जनाइएको छ ।
 
सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार