२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काेराेना भय

काेराेना भय : राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित

शुक्रवार , चैत्र ७, २०७६

काठमाडौं, चैत । कोरोना भाइरसको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।

यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न २५ जना भन्दा धेरै मानिस भेला नहुन बुधबार निर्देशन दिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार