२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली-प्रचण्ड भेट

" प्रचण्डद्वारा समसामयिक राजनीतिका बारेमा ‘बिफ्रिङ’"

ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

शनिवार , चैत्र १, २०७६

काठमाडौँ, चैत  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएको हो । सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिए ।

भेटमा उहाँले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार