२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा बैठक

कालापानीका भारतीय सेना : " हटाउन संकल्प प्रस्ताव पेश हुँदै"

प्रस्ताव पेश गर्ने संसद सचिवालयले कार्यसूची सार्वजनिक

बिहिवार , फाल्गुण २९, २०७६

काठमाडौं, फागुन । प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुँदैछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । बैठक बिहान ११ बजे बस्दैछ ।
भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भू–भाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएको थियो ।

भारतले नेपाली भूमी भारतीय नक्सामा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । सरकारले समेत नयाँ नक्सामा भारतले नेपाली भूमि आफ्नो तर्फ पारेको भन्दै कुटनीतिक तवरबाट सीमा समस्या समाधान गर्ने बताउँदै आएको छ । तर त्यसबारे ठोस गृहकार्य अहिलेसम्म भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार