२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रिय सभा : कांग्रेस राष्ट्रियसभा नेतामा अधिकारी

मंगलवार , फाल्गुण २७, २०७६

काठमाडौं, फागुन  । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले रिक्त रहेको राष्ट्रिय सभा संसदीय दलको नेतामा राष्ट्रिय सभा सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।

संसदीय दलका नेता समेत रहेका देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्यमा अधिकारीलाई मनोनयन गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार