२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

मुख्यमन्त्रीद्धारा जीपलाईनको उद्घाटन

आइतवार , फाल्गुण २५, २०७६


धनकुटा, फागुन । प्रदेश नम्वर एककै गहनाका रुपमा रहेको साँगुरीगढी गाउँपालकिा स्थित भेडेटारबाट शुरु गरिएको शाहसिक जिपलाइनको मुख्य मन्त्रि राईद्धारा उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि एक नम्वर प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले जीपलाईनको उद्घाट्न गर्दै भेडेटारबाट जिपलाईन शुरु गरि धनकुटा जिल्लाको मात्र नभएर देशकै आर्थिक संमृद्धि गर्ने बताए ।
उनका अनुसार प्रदेश नम्वर एककै गहनाका रुपमा भेडेटारलाई विकास गरि यस क्षेत्रलाई अझ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बिन्दु बनाउन प्रदेश सरकार लागि परेको बताउदै बजेट विनियोजन गरिसकिएको बताए ।
भेडेटारमा दिनहु अत्याधिक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु आईरहने भएकाले उक्त स्थानबाट जिपलाईन शुरु गरि पर्यटकको मुख्य केन्द्रबिन्दुका रुपमा भेडेटारलाई विकास गरि पर्यटकको आगमनमा बृद्धि गर्न जीपलाई अभियान सञ्चालन गरिएको हो । उक्त जिपलाईन सञ्चालन गर्न करिब तीनकरोड रकम लागेको सञ्चालक कम्पनि वल्डवाईड प्रा.लि.का सञ्चालक केदार थापाले बताए ।
उहाँका अनुसार उक्त जिपलाईन भेडेटारबाट धरान स्थित देविथानसम्म ६५० मिटर दुरिको जिपलाइनमा साहसिक पर्यटकले करिब ४५ सेकेण्ड यात्रा गर्दै तीन प्रकारका अनुभव लिन पाउने छन् ।
पहिलो क्लासिकका लागि १२ सय, सुपरम्यान(सुतेर) का लागि १५ सय र कपल जोडिका लागि १८ सय देखि २ हजार रुपैयाँसम्म शुल्क तिर्नु पर्ने सञ्चालक थापाले बताए ।
उद्घाटनको अवसरमा धरानका उपमेयरले पनि जीपलाईनको अनुभव लिएको छ अनुभव लिदै उनले भने, शुरु शुरुमा डर, त्रास, भय हुनु स्वभाविकै हो । तर शुरुमा सामान्य डर लागे पनि पछि भने बेग्लै आनन्द महसुस भएको छ ।


 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार