२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री केपी शर्मा ओली

प्रम ओली र समीक्षाकाे स्वास्थ्यमा राम्राे सुधार, सामान्य खाना दिइयाे

समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य

शनिवार , फाल्गुण २४, २०७६

काठमाडौं, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ ।

मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने सामान्य हिंड्डुलका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । उहाँको ‘भाइटल’ र ‘ल्याब’ सूचकांकरु सामान्य अवस्थामा रहेका छन् ।

प्रधानमन्त्रीलाई मिर्गाैला दान गर्नुभएकी उहाँकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको छ । उहाँलाई पनि सामान्य खाना दिनुको साथै उहाँको पनि ‘भाइटल’ र ‘ल्याब’ सूचकांकहरु सामान्य अवस्थामा रहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार