२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस

काँग्रेस : 'गच्छदार नेतृत्व फोरमका ११ नेता केन्द्रीय सदस्य मनोनित'

काँग्रेसमा विलय हुँदाकाे सहमति कायार्न्वयन

शुक्रवार , फाल्गुण २३, २०७६

काठमाडौं, फागुन । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जनालाइ नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले शुक्रबार सांगठनिक संरचना समायोजन गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हुन् । 

तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान काँग्रेस उपसभापति  गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम देउवद्वारा ११ केन्द्रीय सदस्यको मनोनित गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

केन्द्रीय सदस्यमा कैलालीका रामजनम चौधरी  सिराहाका नसिर सिद्धिकी , झापाका भारतेन्दुकुमार मल्लिक, सप्तरीका हेमराज तातेड, बर्दियाका गोपाल दहित, बर्दियाका मंगलप्रसाद थारु, दाङका योगेन्द्र चौधरी, मोरङका हरिप्रसाद न्यौपान, सुनसरीकी सुमित्रा थरुनी, सुनसरीकी कल्पना चौधरी, र मोरङका पवनकुमार सारडा रहेको छ ।

११ जनामध्ये रामजनम, गोपाल, नसिर र हरिप्रसाद तत्कालीन फोरमका उपाध्यक्ष थिए । त्यस्तै योगेन्द्र, र भारदेन्दुकुमार महामन्त्री थिए । बाँकी सबै केन्द्रीय सदस्य थिए। २०७४ असोज २९ गते काँग्रेसमा विलय हुँदा भएको सहमतिअनुसार फोरमलाई केन्द्रमा उपसभापतिका साथै ११ केन्द्रीय सदस्य दिने सहमति भयो थियो ।

गच्छदार २०७५ कात्तिक २० गते काँग्रेस उपसभापतिमा मनोनित भएका थिए भने ०६७ असोजमा उनलाई ११ जना केन्द्रीय सदस्यको नाम पठाउन भनिएको थियो । उनले आज नाम पठाएपछि देउवाले मनोनयन गरेका हुन् ।

याेसँगै काँग्रेसको केन्द्रीय समितिमा पदाधिकारीसहित निर्वाचित ८५ जना, मनोनित ८ जना, थप ५ जना शनिबार मनोनित सोमबार ८ जना मनोनित आमन्त्रित सदस्यसहित अब काँग्रेसको केन्द्रीय समितिको आकार बढेर १ सय १८ सदस्यीय कार्यसमिति बन्न पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार