काठमाडौं, फागुन । डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन्
खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ ।
राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गर्ने १ सिटमा खतिवडालाई लैजाने कि वामदेव गौतम भन्नेमा नेकपामा विवाद छ । प्रधानमन्त्री ओली खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिन चाहन्छन् ।
राष्ट्रियसभामा कथंकदाचित खतिवडाले निरन्तरता नपाएमा उनी ६ महिनासम्म अर्थमन्त्री हुन पाउनेछन् ।