२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

दोस्रो पटक मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओलीलाई पूर्व राजादेखि नागरिकसम्मबाट स्वास्थ्य लाभको कामना

ओलीको सफल उपचार र स्वास्थ्यलाभको कामना

मंगलवार , फाल्गुण २०, २०७६

काठमाडौं, फागुन ।  दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजादेखि नागरिकसम्मले स्वास्थ्यलाभको कामना गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले ट्वीट गर्नुभएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको सफल उपचार र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ताले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीको व्यक्तिगत वेबसाइट https://kpsharmaoli.com.np  मार्फत आमनागरिकले पनि उहाँलाई सफल उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार