२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काँग्रेस वरिष्ठ नेता पौडेलले भने

"भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्ने समयमा काँग्रेस आफै कमजोर"

पार्टीमा विभाग गठन अस्वीकार्य

आइतवार , फाल्गुण १८, २०७६


हेटौँडा, फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई प्रभावित गर्न प्रयास गरेको भन्दै आपत्ति जनाएका छन।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिले विभाग गठनको नाममा पद बाढ्ने काम गरेको भन्दै विभाग गठन आफूहरुलाई मान्य नहुने उनले बताए ।
नेपाल प्रेस युनियन मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस वरिष्ठ नेता पौडेलले मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध पार्टीले संसदभित्र र बाहिर आउन उठाउने समयमा आफै कमजोर देखिएको बताए ।
काँग्रेस महामन्त्री सशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभाग गठन गर्नुको औचित्य र विभागको सङ्ख्या २८ बाट ४८ पु¥याउनुको आशय के हो भन्ने प्रश्न गर्दै पार्टी सभापतिबाट गरिएको विभाग गठन स्वीकार्य नभएको जनाए ।
काँग्रेस पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेशनलाई निष्पक्ष र धाधरीरहित रुपमा सम्पन्न गर्ने समयमा महाधिवेशनलाई प्रभावित गर्ने गरी आचारसंहित विपरीत विभाग गठन गर्ने काम सभापतिले गरेकोमा विरोध जनाउँदै पार्टीलाई सुदृढ र प्रभावकारी बनाउन सभापति असफल भएको बताए ।
अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले मुलुकमा भ्रष्टाचार बढेको, आयोजनाहरु असरल्ल भएको र बैङ्कहरुलाई बिगार्ने काम भएको बताउँदै मुलुकको नयाँ संरचनाअनुसारको परिपक्व नेतृत्वको अभाव भएको, प्रदेश र स्थानीय सरकार कमजोर भएको जनाए ।
पार्टी विधि अनुसार चल्नुपर्ने बताउनु हुँदै उनले भने, छ महिना भित्रमा गठन हुनुपर्ने विभाग चार वर्षपछि गठन गर्नु आपत्ति जनक र विधान विपरीत छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार