२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली–प्रचण्ड मतभेद उत्कर्षमा पुगेका बेला नेकपा सचिवालय बैठक बस्दै

शनिवार , फाल्गुण १७, २०७६

काठमाडौं, फागुन ।  उपाध्यक्ष वामदेव गौतमको विषयलाई लिएर विवाद चर्किँदै गएका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दैछ ।

बैठक बिहान साढे ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ । सो बैठकमा राष्ट्रियसभामा वामदेवलाई राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गर्ने विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच उत्पन्न विवादबारे छलफल हुनेछ ।

प्रचण्डसहितका नेताहरु वामदेवलाई नै मनोनयनका लागि सिफारिस गर्नु पर्ने पक्षमा छन्। प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् ।

यसले गर्दा नेकपा भित्र अध्यक्ष तहमै गम्भीर मतभेद देखिएको छ । सचिवालय बैठकमा यहि विषयमा छलफल केन्द्रित हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार