२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

कार्यसूची भने सार्वजनिक गरिएको छैन्

शनिवार , फाल्गुण १७, २०७६


काठमाडौं, फागुन । प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् ।

यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए ।

विपक्षी दलका सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।

बैठकमा सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको स्वेतपत्रमा आपत्ति जनाएका थिए । उनले पार्टीको सरकारप्रति विश्वासको संकट आएको समेत बताएका थिए ।

उपप्रधानमन्त्रीले हालै जारी गरेको नेपाल ट्रष्टको स्वेतपत्रमा आफ्नो नाम उल्लेख गरेको भन्दै उनले झुठा कुरा लेखिएर अश्वेतपत्र जारी गरिएको बताएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार