२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष ‘प्रचण्ड’ले भने

“सर्वसम्मत निर्णय हो, प्रधानमन्त्री जीले मान्नुहुन्छ”

२१ गतेसम्म कुर्न अनुरोध

शुक्रवार , फाल्गुण १६, २०७६

 

चितवन, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा नभए पनि अर्थमन्त्री डा. युबराज खतिवडालाई कायम राख्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको उल्लेख गरेका छन ।  उनले पार्टी निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि स्पष्ट पारे ।

नेपाल पोल्ट्री महासंघको आयोजनामा चितवनको भरतपुरमा शुरु एक्स्पोको उद्घाटन गर्न शुक्रबार चितवन आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग सो कुरा बताएका हुन ।
बामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा पठाउने पार्टी सचिवालयले गरेको सिफारिस सम्बन्धमा उनले भने, “पार्टी सचिवालयले गरेको सुझावलाई प्रधानमन्त्रीजीले मान्नुहुन्छ यो आधिकारिक निर्णय हो । सर्वसम्मत गरेको निर्णय हो जुन पार्टी महासचिवले र पार्टी प्रवक्ताले आधिकारिक रुपमा सार्वजनिक गरि सक्नुभएकोे छ । प्रधानमन्त्री जीले मान्नुहुन्छ ।”
प्रचण्डले आफू र प्रधानमन्त्री दुबैको अध्यक्षतामा भएको उक्त बैठकको सर्वसम्मत निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा गर्नु हुन्न भन्ने उत्तर दिएका छन । साथै उनले २१ गतेसम्म कुर्न पत्रकारलाई अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार