२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्वास्थ्य अवस्था सुधार हुँदै

दुर्घटनामा घाइते भएका मैनालीकाे स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै राखिने

बुहारीको दुई वटै खुट्टा भाँचियो

बिहिवार , फाल्गुण १५, २०७६

काठमाडौं, फागुन । दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

बिहीबार झापाबाट काठमाडौ फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको र मुखमा चोट लागेको ग्राण्डी अस्पतालका निर्देशक डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

मैनाली चढेकाे बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

यस्तै उहाँकी बुहारीको दुई वटै खुट्टा भाँचिएको पनि उहाँले बताउनुभयो । दुवै जनाको राति नै शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

मैनालीलाई कम्तीमा पनि एक हप्ता अस्पतालमा राख्नुपर्ने डाक्टर पाण्डले बताउनुभयो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार