धनकुटा, फागुन। जापानी महामहिम राजदुत साईगो मासामिचीले धनकुटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नु भएको छ । धनकुटा अस्पतालमा जापान सरकारले ९६ लाख ६२ हजार एकसय ३८ रूपैयाँ अनुदान सहयोगमा ४० सिलिन्डर प्रतिदिन उत्पादन तथा रिफिलिङ्ग ११ सिलिन्डर क्षमता भएको २५ किलो भोल्ट जेनेरेटर सहितको अक्सिजन उत्पादन तथा वितरण अक्सिजन प्लान्ट जापानी राजदुत साईगो मासामिचीले धनकुटा जिल्ला अस्पताललाई हस्तान्तरण गर्नु भएको हो । सूर्य बहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापा र अस्पतालको पहल तथा विशेष अनुरोधमा जापान सरकारको अनुदान सहयोग आएको जापानी राजदुत साईगो मासामिचीले अक्सिजन प्लान्ट हस्तान्तरणको अवसरमा बोल्नु हुदै जानकारी गराउनु भयो । पूर्व पहाडी जिल्लाहरुका जनताहरुलाई सुविधा दिनका लागी धनकुटा अपस्तालमा उक्त अक्सिजन प्लान्ट निर्माण गर्न जापानी राजदुतलाई आग्रह गरिए अनुसार जापान सरकारको करिव करोड भन्दा वढीको लागतमा सम्पन्न उक्त अक्सिजन प्लान्ट बाट धनकुटा अस्पताल लगायत पूर्वी पहाडी जिल्लाहरुका अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउन सकिने धनकुटा जिल्ला अस्पतालले जनाएको छ । उक्त अक्सिजन प्लान्ट धनकुटा अस्पतालाई हस्तान्तरण गर्न जापानि राजदुत साईगो मासामिचका साथ सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापा, प्रतिनिधि सभाका सांसद राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्य निरन राई, कुसुम श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख डाक्टर कृष्ण बहादुर घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंक चुहानलगायतको उपस्थिति रहेको थियो । माननिय राईको प्रमुख आतिथ्यता एव धनकुटा अस्पताल विकास समितिका अध्यक्ष एवंम जिसस धनकुटाका प्रमुख टंक चुहानको अध्यक्षतामा अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको अस्पताका डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो ।